Gaurab Bahadur Adhikari

सुनमायालाई लघुवितले बेरोजगार बाट बनायो स्वरोजगार

  • Gaurab Bahadur Adhikari
  • मुुर्कुची
  • 2019-06-05 03:37:53

उदयपुर जिल्ला रौतामाय गाउँ पालिका वाड न.७ बस्ने सुनमाया आले मगरले सेबा दिदै आम्दानी गर्न थालेकी छन । यस श्रृजना सामुदायिक बिकास केन्द्र शाखा कार्यालय मुर्कुचीबाट संचालित सुनौलो श्रृजना महिला केन्द्र केन्द्र ४८ को समुह न. १ को केन्द्र प्रमुख हो । उनको परिवारमा दुई छोरा गरी जम्मा चार जना सदस्यहरु छन । उनीहरु जीवन यापन यस संस्थामा आबद्घ हुनुपुर्व अति समान्य जीबन यापन गर्दै र आम्दानीको स्रोतहरु केहि पनि थिएन । छोराहरु पढाउन समेत गाह्रो भईरहेको थियो । उनको घाँस दाउरा गर्दै सामान्य जीवन स्तर चलदै आईरहेको थियो । साथै खानपिनमा पनि कठिनाई भईरहेको थियो र समाजबाट हेर्ने दृष्टिकोण पनि फरक थियो। जब उनी यस संस्थामा आबद्घ भईन तब उनले धेरै कुराहरु बुझिन र केहि गर्ने अठोट लिईन । पहिलो पल्ट रु २०,००० हजार ऋण लिईन र यो रकम के गर्ने र कसरी प्रयोग गर्ने किस्ता तिर्न नसकेमा के गरी तिर्ने भनेर चिन्ता मा डुब्न थालिन। अन्तत उनले तरकारी खेती गर्न थालिन। उनले तरकारी खेती गर्न शुरु गरिन । क्रमस खेतीबाट आम्दानी हुन थाल्यो यसरी नै बिस हजार ऋण चुक्ता भए पछि दोस्रो पल्ट रु ५०,००० हजार ऋण लिईन र खसी,बाख्रा पालन शुरु गरिन यसरी मेहनत परिश्रम गर्दै आम्दनी बढन थाल्यो  । उनको जीवन स्तर बढन थाल्यो र छोराहरुलाई सरकारी स्कुलबाट हटाएर बोडिङ्ग स्कुलमा पढाउन थालिन । उनीहरुको आबश्यकताहरु पुरा गर्न थालिन साथै आफनो परिवारलाई सुखी बनाउन थालिन यो सम्पुर्ण काम सुनमाया र वहाँको श्रीमान मिलेर मेहनत र परिश्रम गरेकाले आम्दनीको साथ साथै किस्ता पनि नियमित तिर्दै र पुनह तेस्रो पटकमा उनले १,००,००० ऋण लिईन यो ऋण लिएर दुई जनाको सलाह बमोजिम  रु १०,००० हजार मा  जग्गा भाडा लिएर बंगुर पालन शुरु गरिन क्रमस मेहनत गरी अगाडी बढदै अहिले सुनमायाले भाडामा लिईएको जग्गा आफैले खरिद गरिन साथै आम्दानी बढन थालेपछि श्रृजना संस्थामा मासिक रु २,०००हजारका दरले बचत गर्न थालिन साथै अहिले एउटा छोरालाई होटलम्यानेजमेन्ट र अर्को छोरालाई स्नातक पढाउन सकक्ष्म भईन उनको मेहनतले गर्दा यस श्रृजना समुदायिक बिकास केन्द्र को २०७५साल को उतकृष्ट ऋणी भईन । आज उनको आर्थिक स्थिती राम्रो हुदै गएकोले समाजमा हेर्ने दृष्टिकोण फरक भएको छ । हाल उनी रु १,५०,००० हजार ऋण चलाईरहर्नु भएका छन । वहाँ भन्नुहुनछ “ मेहनत को फल पाईदो रहेछ ” सुनमायाले भन्छ  बाचुन्जेल श्रृजना संस्थाबाट कहिले निस्किने छैन र यस संस्थाप्रति अभारी छु ।

प्रस्तुत कर्ता
गौरबबहादुर अधिकारी
फिल्ड सहायक, मुुर्कुची