कर्मचारी आवश्यक्ता

प्रथम पटक प्रकाशित मिति : २०७६।०३।०६

 

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त घ वर्गको राष्ट्रिय स्तरको यस श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. गोलबजार-७ , चोहर्वा-( सिराहालाइ लघुवित्त सेवाको लागि देहायको कर्मचारीहरुको आवश्यक्ता रहेकोले तपसीलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्तको लागि यो विज्ञापन प्रकाशन गरिएको छ ।

क्र.स.

पद

श्रेणी

संख्या

आवश्यक न्यूनतम योग्यता

उपकार्यकारी निर्देशक

व्यवस्थापकीय

वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यापार प्रशासन, लेखा, अर्थशास्त्र, समाजशास्त्र वा कृषि विषयमा स्नातकोत्तर उत्तीण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्षको अनुभव ।

सहायक प्रबन्धक(मानवीय श्रोत विकास अधिकृत)

 अधिकृत

    कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित कामको ५ वर्षको अनुभव । वाणिज्यशास्त्र, अर्थशास्त्र वा लेखा विषय लिइ उतिर्णलाई विशेष ग्राह्यता ।

 

वरिष्ठ अधिकृत

(लेखा तथा प्रशासन अधिकृत)

 अधिकृत

लेखा वा वाणिज्यशास्त्र विषय लिई स्नातक तह उत्तीर्ण गरी सम्बन्धित कामको ५ वर्षको अनुभव ।

फिल्ड सहायक

सहायक

केही

मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा उतिर्ण गरि सम्बन्धित कामको कम्तिमा २ वर्षको अनुभव । लेखा तथा वाणिज्य विषय लिइ उतिर्णलाई प्राथमिकता ।

फिल्ड प्रशिक्षार्थी

सहायक

केही

मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा वा सो सरह उत्तीर्ण । लेखा तथा वाणिज्य विषय लिइ उतिर्णलाई प्राथमिकता ।

 

१.उमेरको हद : क्र.स. १ को लागि २५ वर्ष पूरा भई ५० वर्ष ननाघेको महिलाको हकमा ५ वर्ष थप, क्र.स. २ र ३ को    लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको महिलाको हकमा ५ वर्ष थप एवम् क्र.स. ४ र ५ को लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।

२. परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता । छोटो सूचिमा परेकालाई मात्र अन्य परीक्षाको माध्यमबाट छनौट       गरिनेछ क्र.स. ५ को फिल्ड अवधारणा जाँच समेत हुनेछ ।

३. वाञ्छनीय योग्यता: कम्प्यूटर वर्ड, एक्सेल, इमेल इन्टरनेट, पावरप्वाईन्ट को राम्रो ज्ञान भएको एवं मोटरसाईकल चलाउन आउने भई सवारीचालक अनुमतिपत्र प्राप्तलाई ग्राह्यता ।

४. इच्छुक उम्मेदवारले आवेदन दिदा निवेदनको साथ व्यक्तिगत विवरण  पठाउनु पर्नेछ । अन्य कागजातहरु छनौट सूचीमा परि अगाडीको प्रकृयाको लागि सूचित गरिएपछि ल्याउनु पर्नेछ । 

५. तलब तथा अन्य सुविधा : संस्थाको नियमानुसार ।

६. दरखास्त दिने अन्तिम मिति : सूचना प्रकाशन भएको मितिले २१ दिन सम्म ।

७. म्याद नाघी वा रीत नपुगी आएका निवेदनहरु स्वतः रद्ध हुनेछन् ।

८. कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

 

दरखास्त बुझाउने स्थान :

श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.

गोलबजार ७, चोहर्वा सिराहा

फोन नं: ०३३-४०१०८४, ४०११३४

इमेल : hariscdc@gamil.com, reenastha141@gmail.com