दिपेन्द्र कुमार यादव

ईच्छा शक्तिले ल्यायो जीवनस्तरमा सुधार

  • दिपेन्द्र कुमार यादव
  • शाखा कार्यालय रामपुर
  • 2019-05-19 05:31:48

साविक बबला गा.वि.स. वडा नं.(६ हाल बेलका न.पा. वडा नं.(५ डाँडा गाउँ बस्ने शान्ता थापा मगरको २० वर्षको उमेरमा सोही ठाउँको देवी प्रसाद थापा मगर सँग विवाह भयो । निजको एक छोरी र एक छोरा सहित चार जनाको परिवार छ । उनीहरु खेतीपाती गरी आफ्नो परिवार चलाई राखेका थिए । छोरा छोरी बढी सकेपछि पढाउँन लेखाउँन खेतीपातीबाट धान्न गाह्रो भयो र श्रीमान लाई बैदेशिक रोजगारको लागी बिदेश पठाइयो । बिदेशमा पनि भने जस्तो काम र कमाई नभएपछि घर धान्न धौ धौ परिरहेको थियो । त्यही बेलामा श्रृजना सामुदायिक विकास केन्द्रको कर्मचारीहरु समूह बनाउँने क्रममा हाम्रो गाउँमा आउनुभयो र सस्थाको नीतिनियम बारे हामिलाई जानकारी गराउँनु भयो । संस्थाको नीतिनियम सुन्दा र बुझ्दा बिना धितो समूहको जमानीमा कर्जा लगानी गर्ने भएपछी हामी प्रभावित भएर आफ्नै गाउँ ठाउँमा केहि सानोतिनो ब्यवसाय गर्नुपर्छ र आम्दानी गर्नु पर्दछ भन्ने मेरो मनमा जाग्यो र मेरै अध्यक्षतामा बीस जनाको केन्द्र गठन गरे र श्रीमानबाट कुनैपनि संघ संस्थामा आवध नहुनु पछि किस्ता तिर्न समस्या हुन्छ र बेईजत हुन्छ भनेर सल्लाहा दिनुभयो तर म आफ्नै हिम्मतले यस सस्थाबाट कुखुरा पालनको  लागी मिति २०७१।०३।१७ गतेमा साधारण कर्जा रु. ३०,०००।( लिएर कुखुरा पालन शुरु गरे । कुखुरा बढेपछि डिलर ले कम मुल्य लगाएपछि आफैले कटिंग शुरु गरे आफुलाई खपत हुने कुखुरा राखेर बाँकी कुखुरा डिलर लाई बेच्थे । यसरी क्रमश पटक पटक ५०,०००।(  हजार देखि हाल रु. २,००,०००।( लाख यस संस्थाबाट कर्जा लिई कुखुरा फारम बिस्तार गरे । हाल श्रीमान पनि बिदेशबाट घर फर्किनु भयो र त्यहि व्यवसायमा श्रीमान् र श्रीमती लगनसिल भई व्यवसायलाई बिस्तार गरी बंगुर पालन पनि शुरु गरे । यसरी कुखुरा पालन र बंगुर पालनबाट राम्रो आम्दानी गरी छोराछोरी लाई राम्रो विधालयमा पढाउँन र सहज तरिकाले घर चलाउन मदत पुगेको छ र केहि भविष्यको लागी बचत गर्न पनि सफल हुनु भएको छ ।

सम्बन्धित लिङ्कहरू